दक्षिण कोरियामा सडक दुर्घटनामा परी नेपाली विद्यार्थी मनीषा दाहालको निधन

सोल (कोरिया) : उज्ज्वल भविष्यको सपना बोकी अध्ययनका लागि दक्षिण कोरिया गएकी नेपाली विद्यार्थी मनीषा दाहालको सडक दुर्घटनामा निधन भएको छ।

झापा घर भएकी २० वर्षीया दाहाल दक्षिण कोरियास्थित फार इष्ट युनिभर्ससिटी मा अध्ययनरत थिइन्। २०२५ नोभेम्बर १० गतेको दिन विश्वविद्यालय नजिकै भएको सडक दुर्घटनामा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

दाहाल एक वर्ष अघि मात्र उच्च शिक्षाका लागि कोरिया गएकी थिइन्। उनको असामयिक निधनको खबरले कोरियास्थित नेपाली विद्यार्थी समाजसहित सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार