इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरको भौतिक पूर्वाधार विकास सम्बन्धी नीति तथा कार्यक्रम :
- देउमाई नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवनको निर्माण सम्पन्न भइसकेकाले नगरपालिकाद्वारा प्रदान गरिने सम्पूर्ण दैनिक तथा प्रशासनिक सेवाहरू एकद्वार प्रणाली मार्फत प्रदान गरि शुशासनको प्रत्याभूत हुने नीति अवलम्बन गरिने छ।
- “टोल विकासमा हामी, पालिकासँग सहलगानी” भन्ने नारालाई साकार बनाउन मागमा आधारित पुर्वाधार निर्माणमा ५० प्रतिशत लागत साझेदारी गर्न इन्छुक टोल/समुदाय र संघ संस्थालाई प्राथमिकता दिने नीति अवलम्बन गरिनेछ।
- नगरभित्रका सम्पूर्ण सडक सञ्जाललाई क्रमिक रुपमा अल वेदर (All Weathered) बनाउनको लागि कार्ययोजना बनाई लागु गर्न आवश्यक निति लिइनेछ।
- नगर यातायात गुरुयोजना अनुरुप सडक नीति लागू गरिनेछ ।
- देउमाई नगरपालिकाको दिर्घकालिन विकासका लागि राष्ट्रिय आवधिक योजनासँग तादम्यता कायम हुने गरि आवधिक विकास योजना तथा मध्यकालीन खर्च कार्ययोजना तयार गरि लागु गरिनेछ।
- शहरी क्षेत्र तथा ग्रामिण सडकहरुको स्तरवृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिने नीति लिइनेछ ।
- नयाँ सडक वनाउने कार्यलाई निरुत्साहित गर्दै विद्यमान सडकहरुको गुणस्तरीय स्तरोन्नतिको कार्यलाई प्रोत्साहित गरिने छ।
- विगतमा शुरुवात भई विभिन्न कारणवश सम्पन्न हुन नसकेका अधुरा आयोजनाहरुलाई आगामी आ.व. मा निरन्तरता दिने नीति लिइनेछ।
- संघ तथा प्रदेश सरकारसँगको समन्वय – सहकार्यमा देउमाई नगरपालिकाको केन्द्र मंगलबारे र मेची राजमार्ग जोड्ने नेपालटार-मंगलबारे सडकखण्ड स्तरोन्नतिको कार्यलाई निरन्तरता दिइने छ।
- झोलुङ्गेपुल विस्तार आयोजनालाई निरन्तरता दिइनेछ।



















































