साहित्यकार भट्टराईको ‘अन्तर्मनका तरङ्ग’ कविता सङ्ग्रह विमोचन

  युद्धबहादुर बोहोरा
1.2k Shares

इलामः इलामेली साहित्यकार जयनारायण भट्टराईको ‘अन्तर्मनका तरङ्ग’ कविता सङ्ग्रह आइतवार  विमोचन गरिएको छ ।
झापाको दमकस्थित भट्टराई कुलवंश प्रतिष्ठान वशिष्ठ आश्रममा  प्रतिष्ठानका केन्द्रीयअध्यक्ष  शेरबहादुर भट्टराईको अध्यक्षतामा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा विमोचन समारोह सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कृति समीक्षा कवि जीवनहरि शर्मा र डा.व्यञ्जनाशर्माले गरेको थिए । कार्यक्रममा इलाम,झापा मोरङलगायतका साहित्यकारको उपस्थिति थियो  ।
इलामलाई कर्मथलो बनाएका पूर्वशिक्षक समेत रहेका साहित्यकार भट्टराई शिक्षण पेशामा आवद्ध भएदेखिनै साहित्य क्षेत्रमा कलम चलाइ रहेका छन् । सेवा निवृत्तीपछि उनी विभिन्न संघसंस्थामा आवद्ध भइ सकृय साथ साहित्यको माध्यमबाट समाजमा चेतना  फैलाउने र नयाँ पुस्तालाई संस्कार,संस्कृती हस्तान्तरण गर्ने अभियानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार