
काठमाडौं : यतिखेर मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपालमा छन् । तीन दिने भ्रमणका लागि नेपाल आएका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्दैछन् ।
बिहीबार साँझ नेपाल आइपुगेका गृहमन्त्री इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।
पराष्ट्र मन्त्रालयका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सम्वाद गर्ने कार्यक्रम रहेको छ ।



















































