इलाम बजारमा आवागमन नियन्त्रण गर्ने सम्बन्धी इलाम नगरपालिकाकाे सूचना

  नयाँ बुलन्द
1.2k Shares

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको मिति २०७८।१।२१ को सूचना

विश्वभरि पैmलिदैे गइरहेको नयाँ भेरिएन्टसहितको कोभिड १९ दोस्रो लहरको महामारी इलाम नगरपालिका क्षेत्रमा समेत तीब्र रुपमा विस्तार भइरहेको देखिएकोले सोको रोकथाम तथा नियन्त्रणका लागि इलाम उद्योग वाणिज्य संघ, DCCMC र नगरपालिकाकोे मिति २०७८।१।२१ को निर्णयानुसार मेची राजमार्गबाहेक इलाम टुँडिखेलदेखि महानन्दचोकसम्म र टुँडिखेलदेखि धोवीधारासम्मको बजार क्षेत्रमा मिति २०७८।१।२२ देखि २०७८।१।३१ सम्म औषधोपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी आवागमन नियन्त्रण गरिने भएकोले कोभिड महामारीको विस्तार नियन्त्रण कार्यमा सहयोगको लागि आम नगरवासीहरुलाई इलाम नगरपालिका हार्दिक अनुरोध गर्दछ ।

साथै मेची राजमार्गमा पर्ने इलाम नगरपालिका वडा नं. ५ बिव्ल्याटे बजार क्षेत्रमा लामोदुरीका सवारी साधनहरु पार्किङ्ग नगरी अन्यत्र खुला क्षेत्रमा पार्किङ्ग गरी सहयोग गरि दिन हुन समेत सवारी चालकहरुमा अनुरोध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार