
देउमाई : ‘नहुनेले लिएर अनि हुनेले दिएर जाउ’ अभियानले हाल सम्ममा दुई सय ४५ घरघुरीलाई राहत वितरण गरेको छ ।
तेस्रो चरण्को राहत कार्यक्रम अन्तर्गत शनिबार देउमाइ नगरपालिका वडा नम्बर ९ मा ९० र वडा नम्बर ७ मा ४१ घर धुरीलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको हो । यसअघि वडा नम्बर ४ मङलबारे बजारमा ३५, वडा नम्बर ८ मा ३३, वडा नम्बर ५ मा ४६ अतिबिपन्न घरधुरीलाई राहत वितरण गरिसकिएको छ ।
प्याकेजमा बिशेष गरि १० किलो चामल, आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ र साबुन उपलब्ध गराईएको छ ।
कोभिड-१९ को महामारीले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति बिपन्न परिवारलाई खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।
“हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्” भन्ने मूल नाराका साथ विशुद्ध मानवता र समाजसेवाको भवनाले यस्तो कार्यक्रम गरिएको आयोजकले जनाएको हो । त्यस्तै सकेको सहयोग गर्दै यो सूचना घर, छरछिमेकमा पुर्याइदिन समेत अभियान्ता हरुले अनुरोध गरेका छन् ।
“जसले मानवतामा विश्वास राख्दछ ” आयोजकको नाममा सुरु गरिएको यो अभियानमा सहयोग स्वरुप खाद्यान्न मात्रै लिने पैसा नलिने समेत बताइएको छ ।


















































