‘नहुनेले लिएर अनि हुनेले दिएर जाउ’ अभियानद्वारा २४५ घरघुरीलाई राहत वितरण

  विमल अधिकारी
0 Shares

देउमाई : ‘नहुनेले लिएर अनि हुनेले दिएर जाउ’ अभियानले हाल सम्ममा  दुई सय ४५ घरघुरीलाई राहत वितरण गरेको छ ।

तेस्रो चरण्को  राहत कार्यक्रम अन्तर्गत शनिबार देउमाइ नगरपालिका वडा नम्बर ९ मा ९० र वडा नम्बर ७ मा ४१ घर धुरीलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको हो । यसअघि वडा नम्बर ४ मङलबारे बजारमा ३५, वडा नम्बर ८ मा ३३, वडा नम्बर ५ मा ४६ अतिबिपन्न घरधुरीलाई राहत वितरण गरिसकिएको छ ।

प्याकेजमा बिशेष गरि  १० किलो चामल, आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ र साबुन उपलब्ध गराईएको छ ।

कोभिड-१९ को महामारीले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति  बिपन्न परिवारलाई  खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।

“हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्” भन्ने मूल नाराका साथ विशुद्ध मानवता र समाजसेवाको भवनाले यस्तो कार्यक्रम गरिएको आयोजकले जनाएको हो । त्यस्तै सकेको सहयोग गर्दै यो सूचना  घर,  छरछिमेकमा पुर्‍याइदिन समेत  अभियान्ता हरुले अनुरोध गरेका छन् ।

“जसले मानवतामा विश्वास राख्दछ ”  आयोजकको नाममा सुरु गरिएको यो अभियानमा सहयोग स्वरुप खाद्यान्न मात्रै लिने पैसा नलिने समेत बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार