राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । उनको १०१ बर्षको उमेरमाकाठमाडौं कपुरधारास्थित निजी निवासमा निधन भएको हो । ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।

नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार