विश्वव्यापी अनलाइन पालाम प्रतियोगीतामा उत्कृष्ट २० छानिए

काे काे छानिए

इलाम : विश्वव्यापी पालाम प्रतियाेगिताबाट २० जना प्रतियाेगी साम्लाे लुङधुङ  चरणमा प्रवेश गरेका छन् । आयाेजक याक्थुङ कलचरल ग्रुपले आज नतीजा सार्वजनिक फक्ताङलुङ चरणबाट छनाैट हुने प्रतियाेगिहरु सार्वजनिक गरेका छन् ।

“सांस्कृतिक जागरण हाम्राे अभियान, प्रतिभाकाे खाेजी र सम्मान” भन्ने नाराका साथ पछिल्लाे काेराेनाकाे कहरले निम्ताएकाे लकडाउनको समयमा उक्त कार्यक्रम आयोजना  भईरहेकाे छ ।

काे-काे छानिए: 

फक्ताङलुङ चरणबाट साम्लाे लुङधुङ  चरणका लागि छनाैट भएका २० उत्कृष्टमा  इन्दिरा नेम्बाङं, इसाम लिम्बू वजी,  गरीमाया लिम्बु,  जिवन केदेम, टेगराज तिगेला, थानाहाङ तिगेला, दुर्गा तुम्सा संयक, धनु याखा, नैनकला आङदेम्बे, पेपराज माबुहाङ, बम विरही कुलुङ राई, भिमा सावादेन, बिक्रम येक्तेन, शान्तिराम खरेल, शिवकुमार सम्बाहाङफे, शुसिला कुरुम्भङ लिम्बू, साँगुले ठूले, सुनिता लाबुङ, सुनिता संयक र सुमन लिम्बू छन् ।

प्रतियोगीहरुलाई साउन ४ गते सम्म नयाँ पालाम पठाउन समेत आग्रह आयाेजकद्वारा गरीएको छ । प्रतियाेगिताकाे पहिलोले नगद ५० हजारका साथमा एउटा पालाम रेकडको अवसरसँगै अन्य पुरस्कार समेत पाउने छ । द्वित्तीय हुनेले नगद ३० हजारका साथमा अन्य पुरस्कार समेत प्राप्त गर्नेछ । तृत्तीय हुनेले नगद २० हजारका साथमा अन्य आकर्षक पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।

लिम्बु समुदायमा पाःलामको छुटै संस्कृतिक महत्व रहेकाे पाइन्छ । पछिल्लो समय आधुनिकताको बढ्दो संक्रमण संगै समुदायमा पाःलामप्रतिको मोह जाेगाउन प्रतियाेगिताकाे महत्वपूर्ण भूमिका रहेकाे आयाेजककाे विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार