कुवेतमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २४ पुग्यो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिए ।

योसँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको सिलवालले बताए ।

-उज्यालोबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार