उवासंघ इलाममा भारी मतान्तरले चिपालूको प्यानल विजयी (हेर्नुहोस् कसको मत कति ?)

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम उद्योग वाणिज्य संघको आठौं अधिवेशनबाट प्रतिपक्षी नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल फराकिलो मतान्तरसहित विजयी बनेको छ ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील प्यानलका उम्मेद्वारलाई भारी मतान्तरले पराजित गर्दै अध्यक्षसहित सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार विजयी भएका छन् ।

आइतबार विहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा ईश्वर चिपालुले २ सय ४१ मतअन्तरसहित प्रगतिशील प्यानलका देवेन्द्र शंकरलाई पराजित गरेका हुन् । चिपालुले ६ सय ३४ मत ल्याउँदा शंकरले ३ सय ९३ मत मात्र प्राप्त गरेका थिए । चिपालू यसअघिका वरिष्ठ उपाध्यक्ष र शंकर कोषाध्यक्ष थिए ।

वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका कृष्ण पौडेल २ सय २६ मतान्तरले विजयी भएका छन् । पौडेलले ६ सय  १६ मत पाउँदा उनका प्रतिष्पर्धी प्रगतिशील प्यानलका भक्तबहादुर लुङ्गेलीले ३ सय ९० मत पाएका थिए । वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेश श्रेष्ठले २ सय ४० मतअन्तरले विजयी भए । श्रेष्ठले ६ सय २७ मत पाउँदा प्रतिष्पर्धी प्रगतिशील प्यानलका भगिरथ कट्टेललले ३ सय ८७ मत मात्र पाए । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका दुर्गा श्रेष्ठ (मदन) १ सय ८१ अन्तरले विजयी बने । श्रेष्ठले ६ सय ३ मत पाउँदा उनका प्रतिष्पर्धी प्रगतिशील प्यानलका प्रविणकुमार श्रेष्ठले ४ सय २२ मत पाएका थिए ।

महिला उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका अनुजा गजुरेल (सुवेदी) ले १ सय २४ मतान्तरले विजयी बनिन् । सुवेदीले ५ सय ६५ मत ल्याउँदा प्रतिष्पर्धी प्रगतिशील प्यानलकी कमला बाँस्कोटा (रिजाल) ले ४ सय ४१ मत पाइन् ।

महासचिवमा लोकतान्त्रिक प्यानलका हेमन्त गौतम (अत्री) खले १ सय ६१ मतअन्तरले विजयी बने । गौतमले ५ सय ८७ मत पाउँदा प्रतिष्पर्धी प्रगतिशील प्यानलका प्रकाश चापागाईले ४ सय २६ मत पाए । सचिवमा लोकतान्त्रिक प्यानलका श्रीबहादुर विष्ट १ सय ७ मताअन्तरले विजयी बने । विष्टले ५ सय ६० मत पाउँदा प्रतिष्पर्धी प्रगतिशील प्यानलका केशव खनालले ४ सय ५३ मत पाएका थिए । कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका सन्तोष भक्तराजलवट १ सय ४४ मतअन्तरले विजयी बने । भक्तराजलवटले  ५ सय ७९ मत पाउँदा प्रतिष्पर्धी प्रगतिशील प्यनलकी दिब्या भट्टराईले ४ सय ३५ मात्र पाइन् ।

तीन महिला सदस्यमा लोकतान्त्रिक प्यानलका खिनामाया (खिना) बस्नेत ५ सय ५६ मत, देवीकला पोखरेल (निरौला) ५ सय ३३ मत र दिपा गुरुङ ५ सय २ मतका साथ विजयी बनेका छन् । उनीहरुका प्रतिष्पर्धी प्रगतिशील प्यानलका कौशिला राईले ४ सय ५३, गंगादेवी पाठक (उप्रेती) ले ४ सय २९ र रमादेवी थापा (पराजुली) ले ४ सय २० मत मात्र पाएका थिए ।

त्यस्तै पाँच खुल्ला सदस्यमा पनि लोकतान्त्रिक प्यानलका कर्णबहादुर साम्पाङ ५ सय ४४, बालकुमार श्रेष्ठ ६ सय ५, देवीप्रसाद पौडेल ५ सय ४६, सुमन दास ५ सय ५४ र सुमन (धर्मेन्द्र) सुवेदी ५ सय ७७ मतका साथि विजयी बने । प्रतिष्पर्धी प्रगतिशील प्यानलका रेशमबहादुर बराइलीले ४ सय ८३, नेत्रप्रसाद पोख्रेलले ४ सय १२, ठाकुरप्रसाद कट्टेलले ४ सय २६ र चन्द्रबहादुर निरौला (मदन) ले ३ सय ८१ मत मात्र पाएका थिए ।

नेतृत्व आफ्नो पक्षमा पार्न सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील तथा समावेशी प्यानल र प्रतिपक्षी नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल चुनावी मैदानमा उत्रिएको थियो । नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो । एक हजार दुई सय ५७ मतदातामध्ये एक हजार ६८ मत खसेको थियो । २० मत बदर भएको थियो ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार