
इलाम : माईभ्याली फूटबल क्लब इलामले तेह्रथुममा सम्पन्न प्रथम विटीएफसी आमन्त्रित फुटबल कपको विजेता खेलाडीलाई सम्मान गगरेको छ ।
सोमबार इलाममा एक कार्यक्रम गरी भाइभ्याली फूटबल क्लबले उपाधि विजेता खेलाडिलाई नगद पुरस्कारसिहत सम्मान गरेको हो । क्लबले १६ खेलाडीलाई जनही ८/८ हजार रुपैयाँका दरले पुरस्कृत गरेको थियो ।
भाइभ्याली फूटबल क्लबले २ देखि ७ पुससम्म तेह्रथुमको म्याङलुङमा भगिमानसिं तुम्बाहाङफे स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम विटीएफसी आमन्त्रित फुटबलको उपाधि जितेको थियो । क्लबले दुई लाख पाँच हजार नगदसहित ट्रफी जितेको थियो ।
क्लबका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले इलामको यो जितले खेल क्षेत्रमा जिल्लालाई अगाडि बढ्ने हौसला प्रदान गरेको बताएका थिए । यो जितले माइभ्याली गोल्डकपको पाँचौं संस्करणका लागि क्लबलाई थप हौसला प्रदान नगरेको उल्लेख गर्दै अध्यक्ष चेम्जोङले विजेता खेलाडीलाई हौसला प्रदान गर्न नगद सहित सम्मान गरेको बताए ।
कार्यक्रममा अखिल नेपाल फूटबल संघ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, प्रमुख प्रशिक्षक मंगेश बस्नेत, टिम म्यानेजर तिलक ठकुरी लगायतले बोलेका थिए ।















































