
इलाम : इलामको फाकफोकथुम गाउँपालिका-४ फुएतप्पास्थित विष्णु माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्थानीय युवा व्यवसायी सुजन श्रेष्ठले न्यानो कपडा उपलब्ध गराएका छन् ।
श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा मङ्गलबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई ट्रयाकसुट उपलब्ध गराएका हुन् । उनले आफूले कुनैबेला अध्ययन गरेको सो विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना विद्यार्थीहरूलाई ट्रयाकसुट उपलब्ध गराएका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद अधिकारीसहित शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यसैबीच श्रेष्ठले आफूलाई अध्यापन गराएका ६ जना शिक्षकहरूलाई समेत सम्मान गरेका छन् । सम्मानित शिक्षकहरूमा मोहनप्रसाद रेग्मी, त्रिलोचन ढुङ्गाना, हरिप्रसाद पाण्डे, प्रेमप्रसाद दर्लामी, गौरीशंकर रेग्मी र नरेन्द्रकुमार पौड्याल रहेका छन् ।

श्रेष्ठले यसअघि पनि जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यसपटक आफूले अध्ययन गरेको विद्यालयमा न्यानो कपडा वितरण र आफूलाई अध्यापन गराएका शिक्षकहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।
विद्यालय परिवारले श्रेष्ठको सामाजिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेको छ ।
भिडियो :
तस्बिरहरु :































































