फाल्गुनन्दमा २५० जना विभिन्न पार्टी परित्याग गरी श्रम पार्टीमा प्रवेश, ४ नम्बर वडाकमिटी अध्यक्षमा रेबत नेम्बाङ चयन

  नयाँ बुलन्द
350 Shares

पाँचथरः  फाल्गुनन्द गाउँपालिका  ४ नम्बर वडामा  पूर्वघोषित कार्यक्रमअनुसार श्रम संस्कृति पार्टीको बृहत् आमसभा शनिवार सम्पन्न भइ वडाकमिटी गठन गरिएको छ। आमसभामा करिब २५० जना विभिन्न राजनीतिक पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

आमसभाको अध्यक्षता राकेश नेम्बाङले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पार्टी सचिव ब्रबिम शेर्माको उपस्थिति थियो । कार्यक्रममा पार्टी उपाध्यक्ष लाबाहाङ चेम्जोङ, फाल्गुनन्द गाउँपालिका अध्यक्ष जितेन चेम्जोङ, उपाध्यक्षद्वय दिपेन नेम्बाङ र भिमबहादुर तामाङ विशेष अतिथिका रूपमा सहभागी थिए ।त्यसैगरी पार्टी कोषाध्यक्ष ज्ञानबहादुर तामाङ, सह–सचिव नर वीर नेम्बाङ तथा केन्द्रीय सदस्यहरू मिलन चेम्जोङ, दिलेन चेम्जोङ, दिपक चेम्जोङ, गोवा नेम्बाङ र बिचारी नेम्बाङको समेत उपस्थिति रहेको थियो।

आमसभाबाट गठन भएको वडा कमिटीको अध्यक्षमा रेबत नेम्बाङ चयन हुनुभएको छ। उपाध्यक्षहरूमा वसन्त नेम्बाङ, मनकुमार नेम्बाङ र हेमराज चेम्जोङ चयन भएका छन्। सचिवमा मिलन नेम्बाङ, सह–सचिवमा खिना देवी चेम्जोङ, सह–सहसचिवमा संगिता चेम्जोङ तथा कोषाध्यक्षमा साजन सदेम्बा चयन भए ।वडा कमिटी सदस्यहरूमा रजनी नेपाली, सनवीर सदेम्बा, प्रेमा सदेम्बा, भविन नेम्बाङ र भगेन नेम्बाङ रहेका छन्। त्यसैगरी सल्लाहकारमा कबिन्द्र लावती, तेजबहादुर नेम्बाङ र नवीन सदेम्बा चयन भएका छन् ।

कार्यक्रमलाई प्रवासमा रहनुभएका सीता चेम्जोङ (कोरिया), साजन नेम्बाङ (मलेसिया), राज सदेम्बा (कोरिया) र विक्रम नेम्बाङ (कोरिया) ले आर्थिक तथा नैतिक सहयोग प्रदान गर्नुभएको थियो। साथै महेन्द्र चेम्जोङ, भक्त चेम्जोङ र कुमारी नेम्बाङ बाट पनि आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। कार्यक्रमका लागि बेल्चा ९ थान सामग्री सहयोग समेत प्राप्त भएको बताइएको छ। आयोजकका अनुसार कार्यक्रमले पालिकामा श्रम संस्कृति पार्टीको संगठन विस्तार र जनआधार मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार