विदेशमा रहेर पनि माटोको माया: कोरियाबाट सिवा र नेम्वाङद्वारा विद्यालयमा सम्मान कार्यक्रम

  युद्धबहादुर बोहोरा
448 Shares

पाँचथर:  फाल्गुनन्द गाउँपालिका ४, चिलिङदिनस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा १० र १२ पास गर्ने विद्यार्थीहरूको सम्मान तथा विदाई कार्यक्रम  सम्पन्न भएको छ। विद्यालयमा आयोजित उक्त कार्यक्रममा पास हुने विद्यार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । विपन्न विद्यार्थीहरूलाई पोशाक, नगद १० हजार सहयोग, ११ जना जेष्ठ नागरिकलाई न्यानो कपडा र खानेकुरा वितरण गरिएको छ भने  शिक्षक/शिक्षिकालाई शैक्षिक सामाग्रीसहित सम्मान गरिएको थियो। उक्त कार्यक्रम मिलिजुली कृषक समूह, चिलिङदिनको आयोजनामा गरिएको हो । यसैबीच ११ जना जेष्ठ अभिभावकहरूलाई यसै वडा निवासी समाजसेवी हाल कोरियामा रहेकाहरू दुई जना युवा केन्द्र विक्रम नेम्वाङ र उदिप कुमार सिवाको आर्थिक सहयोगमा कपडा र पोष्टिक खाद्य सामग्री प्रदान गरिएको थियो। प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रकुमार नेम्वाङ र प्रधानाध्यापक नरप्रसाद नेम्वाङको  संयोजकत्वमा कार्यक्रम गरिएको  विव्यस अध्यक्ष नेम्वाङले जानकारी दिए ।

कृषक समूह, चिलिङदिन अध्यक्ष अइन्द्र नेम्वाङ, सचिव तेजन बागदास, सदस्य दिपक नेम्वाङ लगायतले विगत वर्षदेखि निरन्तर विद्यार्थी र समुदायका लागि यस्ता सामाजिक कार्यक्रम गर्दै आएका छन्। सिद्धेश्वरी माध्यमिक विद्यालय गाउँपालिकाको ग्रामिण क्षेत्रमा रहेको पुरानो र लोकप्रिय विद्यालय हो जहाँ प्रारम्भिक कक्षादेखि कक्षा १२ सम्मको पढाइ हुँदै आएको छ। यहाँका धेरै विद्यार्थीले उत्कृष्ट शिक्षा हासिल गरी देश तथा विदेशमा आफ्नो नाम र स्थान बनाएका छन्।

विद्यालय परिवारले कार्यक्रममा सहयोग गर्ने मिलिजुली कृषक समूह, अभिभावक, दाताहरू तथा विदेशमा रहेका शुभेच्छुहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने र समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरिएको छ। यो कार्यक्रम विद्यार्थीहरूको उज्जवल भविष्यतर्फ नयाँ प्रेरणा र उत्साह थप्ने अवसर बनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार