सेहानाम्लाङ–फक्ताङलुङ जोड्ने वसांगु–देउराली मोटर बाटो निर्माण समितिको अध्यक्षमा सन्तबीर आङदेम्बे

  युद्धबहादुर बोहोरा
238 Shares

 पाँचथर: सेहानाम्लाङ क्षेत्र हुँदै फक्ताङलुङ चियाबारीसम्म जोडिने वसांगु–देउराली गाडी बाटो निर्माणका लागि नयाँ उपभोक्ता समिति गठन गरिएको छ। ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने सेहानाम्लाङ क्षेत्र  फाल्गुनन्द गाउँपालिका–६ र ७ वडाको सिमानामा बिहीबार सम्पन्न कार्यक्रममा स्थानीय किसान, मजदुर र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्षता  सन्तबिर आङदेम्बेले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि  वीर बहादुर कुरूम्बाङ, विशेष अतिथि छबिनेन्द आङदेम्बे, डि.एम. आङदेम्बे(देउमान) लोक बहादुर कुरूम्बाङ लगायतले स्वागत मन्तव्य राखेका थिए ।

 

यस ठाउँमा पहिल्यै बनेको बाटो निर्माण समितिको कार्यकाल सकिएको घोषणा गर्दै नयाँ उपभोक्ता समिति गठन गरिएको हो। नयाँ उपभोक्ता समिति अध्यक्ष सन्तबीर आङदेम्बे, सचिव दिलहाङ आङदेम्बे,कोषाध्यक्ष लोक बहादुर आङदेम्बे रहेका छन् ।  सदस्यहरूमा  शिला नेम्बाङ आङदेम्बे, दिनेश आङदेम्बे, चर्क बहादुर आङदेम्बे, दुर्गा कुरूम्बाङ चयन गरिएको छ भने अनुगमन समिति संयोजक जय कुमार कुरूम्बाङ साथै सदस्यमा मणि कुमार आङदेम्बे र रत्न कुमार आङदेम्बे चुनिएको अध्यक्ष आङ्देम्बेले जानकारी दिए । यस क्षेत्रमा गाडीको बाटोले स्थानीय पर्यटन प्रवर्द्धन, कृषि उत्पादनको पहुँच वृद्धि र जनजीवनको सहजताको लागि ठूलो योगदान दिने स्थानीयबासीले बताएका छन्। सेहानाम्लाङ क्षेत्र पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको भन्दै सहभागीहरूले समग्र विकासका लागि यस्ता पूर्वाधार अत्यावश्यक रहेकोमा जोड दिए।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार