इलाम : इलाम नगरपालिका–११ सोयाकस्थित घाेर्ले भीरमा गए राति पहिरो खस्दा केचना–कञ्चनजंघा मार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण खसेको पहिरोले इलामको गोलाखर्क हुँदै झापातर्फ जाने राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि झापाबाट इलामतर्फ तथा इलामबाट झापातर्फ जाने सवारीसाधन चल्न नसकेकाे स्थानीय वसन्त फागाेले जानकारी दिए । रातभर परेको वर्षाका कारण थप पहिरो खस्ने जोखिम रहेको उनले वताए । निर्माणाधीन राजमार्गकाे लोदिया-पुवाखाेला खण्डको विभिन्न स्थानमा सडक हिलाम्मे बन्दा सवारी साधन गुडाउन समस्या छ । मेचीराजमार्गकाे विकल्पकाे रूपमा रहेकाे झापा जाेड्ने छाेटाे याे मार्गकाे विभिन्न खण्डमा निर्माण व्यवसायीले काममा ढिलाइ गरेकाले समस्या भएकाे स्थानीयकाे अाराेप छ ।

सडकखण्डकाे पुवाखाेलामा बेलिब्रिज नपर्माण भएकाे छ । साेयाककाे ठाडेखाेलामा बक्स कल्वर्ट निर्माणाधीन छ । झापा झर्न छाेटाे दुरि भएकाले इलामसहित पाँचथर, ताप्लेजुङ र तेर्हथुमकाे आठराई क्षेत्रमा आउजाउ गर्ने सवारी साधनले यहि सडक प्रयाेग गर्न थालेका छन् ।






















































