इलाम : इलामकाे राेङ गाउँपालिका-६ रम्भ्याङस्थित चर्चित पर्यटकीयस्थल झण्डीडाँडामा एन्जेलिया फूलको बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएकाे छ । झण्डीडाँडालाई अझ सुन्दर र आकर्षक बनाउने अभियान स्वरूप फूल राेपण गरिएकाे हाे ।
झण्डीडाँडास्थित रिनाहाङ सानाे आहाल खेलमैदानकाे प्यारापिटमा रहनेगरि फूल राेपण गरिएकाे झण्डिडाडा पर्यटन प्रवर्द्धन तथा व्यवस्थापन समिति सदस्यसचिव रन्जित साङपाङले जानकारि दिए ।
साङपाङका अनुसार स्थानीय दर्जनाैं युवायुवति र संघसंस्थाकाे प्रतिनिधिहरू सहभागी राेपण कार्यक्रममा सयाैं बिरुवा राेपिएका छन् । फूलबारीकाे व्यवस्थापनले झण्डीडाँडा पर्यटकीय स्थलकाे थप आकर्षण बढ्ने अपेक्षा गरिएकाे छ ।