नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन (वाईसिएल) नेपाल पाँचथरले शुक्रबार फिदिम नगरपालिकालाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
वर्तमान अवस्थामा युवाहरूमा बढ्दै गएको बेरोजगारीको समस्या र त्यसको परिणामस्वरुप तीव्र बनेको वैदेशिक रोजगारीको प्रवृत्तिले मुलुकमा गम्भीर सामाजिक र आर्थिक चुनौती खडा गरेको ठहर गर्दै नगर प्रमुख मित्र प्रसाद काफ्ले समक्ष ध्यानाकर्षण पत्र बुझाएको वाईसिएल जिल्ला अध्यक्ष गणेश तुम्रोकले बताए ।
यसका लागि स्थानीयतहले आगामी नीति तथा कार्यक्रममा युवाहरुका लागि ठोस र प्रभावकारी युवामैत्री कार्यक्रम ल्याउन स्थानीय सरकारलाई घच्घच्याएको जनाइएको छ ।
ध्यानाकर्षण पत्रमा उल्लेख गरिए अनुसार खेलकुद विकास र प्रवर्द्धन, खेलकुद पूर्वाधार विकास, स्थानीय स्तरमा रहेका खेलमैदानहरूको स्तरोन्नति, नयाँ खेलकुद संरचना (कभर्ड हल, ब्याडमिन्टन कोर्ट आदि) निर्माण र आवश्यक खेलकुद सामग्रीको व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गरेको छ ।
यसैगरी, नियमित प्रतियोगिता र प्रशिक्षण, युवा खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण व्यवस्था, स्वास्थ्य र सामाजिक एकता, स्थानीय स्तरमा रोजगारी सिर्जना र वैदेशिक रोजगारी न्यूनीकरण, युवा उद्यमशीलता विकास, युवाहरूलाई स्वरोजगार बन्न प्रोत्साहन, कृषि क्षेत्रमा युवा आकर्षणलगायतका विषयमा समेट्नु पर्ने सुझावसहित ध्यानाकर्षण पत्र जिल्ला समितिले बुझाएको छ । यसै बमोजिमको जिल्लाका सबै पालिकामा असार ५ गतेसम्म पत्र बुझाउने जनाइएको छ । यस्तो छ ध्यानाकर्षण पत्र :