प्रकाशकीय : नवौं वर्षको पाइलामा हामी

  नयाँ बुलन्द
231 Shares

 

बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.द्वारा सञ्चालित तपाईहरुको प्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकम (www.nayabulanda.com) ले आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा हामी हाम्रा समस्त पाठक, श्रोता, दर्शक, विज्ञापनदाता, समाचारदाता, स्तम्भकार, सुभेच्छुक, सुभचिन्तक एवम् सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछौं । साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षीय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न नयाँ बुलन्द उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।

नौ वर्षको यात्रामा थुप्रै आरोह–अवरोह थिए, अनेक चुनौतीहरू थिए, तर थाकेका छैनौं, रोकेका छैनौं । किनभने हामीसँग तपाईंहरूको साथ छ, विश्वास छ, र सधैं अघि बढ्न प्रेरणा छ । २०७४ सालमा इलामबाट सञ्चालित पहिलो अनलाइन पत्रिकाको रूपमा जब हामीले ‘नयाँ बुलन्द डटकम’ सुरु गर्‍यौं, त्यसबेला डिजिटल पत्रकारिता अझै प्रारम्भिक अवस्थामा थियो । सिमित स्रोत, अपरिचित प्रविधि, अनिश्चित भविष्यबीच पनि हामीले एउटै कुरा थाहा पाएका थियौं, स्थानीय आवाजलाई स्थान दिने छुट कसैले दिनुहुन्न, त्यसका लागि आफू उठ्नुपर्छ ।

हामी उठ्यौं । इलामका गाउँगाउँको खबर, जनताको पीडा, समाजका अन्तर्गथन आवाजहरू, र विकासका सम्भावनाहरू बोकेर मिडिया बन्यौं । आज नवौं वर्षमा हामी उभिँदा, त्यो यात्रा केवल हाम्रो छैन, यो तपाईंहरूको पनि हो ।

हामीले समाचारलाई सत्य र सन्तुलनको आधारमा प्रस्तुत गर्ने प्रयत्न गर्‍यौं, नदेखिएका अनुहारहरूलाई देखाउने, नसुनिएका आवाजहरूलाई सुनाउने हिम्मत गर्‍यौं, साना कुरामा ठूलो दृष्टिकोण राख्यौं र सबैको आवाज बन्यौं ।

वैकल्पिक र जनपक्षीय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविश्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ । पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै निरन्तर अघि बढ्ने प्रण गर्दछौं ।

अन्तमा, वार्षिकोत्सवको अवसरमा नयाँ बुलन्दले विश्वसनीय समाचार प्रसारण तथा प्रकाशनको लागि साथ दिने र सहयोग गर्नुहुने श्रोता, पाठक, साझेदार, सहयोगी तथा शुभेच्छुकहरुप्रति हार्दिक नमन र आभार व्यक्त गर्दछौं ।

रामकुमार लिम्बू (योङहाङ)

संचालक/सम्पादक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार