गाग्रेभञ्ज्याङ-जीचपुर-सिद्धिथुम्का-सोयाक-बेलासे सडकको खरायोडाँडादेखि बेलासे पुलससम्म १५ गतेसम्म बन्द रहने

  नयाँ बुलन्द
357 Shares

इलाम : इलामको देउमाई नगरपालिकास्थित गाग्रेभञ्ज्याङ-जीचपुर-सिद्धिथुम्का-सोयाक-बेलासे सडकको खरायोडाँडादेखि बेलासे पुलससम्म सडक खण्ड आगामी जेठ १५ गतेसम्म बन्द हुने भएको छ । सडकको ग्राभेल हाल्ने कार्यका लागि यहि १५ गतेसम्म सडक बन्द रहने देउमाई नगरपालिकाले जनाएको छ ।

देउमाई नगरपालिकाको कार्यालय मंगलबारे र यातायात व्यवसायीहरूको संयुक्त पहलमा सो सडक खण्डको सुधार तथा ग्राभेल कार्य सुरु गरिएको हो । सो क्रममा सडकमा ग्राभेल हालेर रोलर प्रयोग गरी पेल्नुपर्ने भएकाले दैनिक सवारी आवागमन सम्भव नहुने जनाइएको छ ।

नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद पोखरेलद्वारा हस्ताक्षरित सूचनामा सडक सुधार कार्य सम्पन्न नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक र यात्रुहरूलाई अनुरोध गरिएको छ । उनले यस कार्यबाट उत्पन्न असुविधाप्रति नगरवासी र सेवाग्राहीहरूसँग क्षमायाचनासमेत गरेका छन् ।

नगरपालिकाले सडक बन्द अवधि भरि सम्पूर्ण यातायात व्यवस्थापनका लागि आवश्यक समन्वय र सूचना प्रवाह गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार