इलाम बजारमा आजबाट फुड फेस्टिबल

  नयाँ बुलन्द
77 Shares

इलाम : इलाम सदरमुकामको इलाम बजारमा आज शनिबारबाट फुड फेस्टिबल सुरु भएको छ । भोलि आईतवारसम्म चल्ने फेस्टिबल इलाम बजारको सिटीमार्टको प्रांगणमा हुनेछ । फेस्टिबलको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले गरे ।

इलामस्थित होटल ब्यब्सायी संघ आयोजनामा भएको फेस्टिभलका १६ स्टलमा विभिन्न रैथाने खानेकुरा रहेका छन ।

कोशी प्रदेश होटल व्यवसायी महासंघको इलाममै हुने अधिवेशनलाई लक्षित गरी फेस्टिबल आयोजना गरिएको हो ।
फेस्टिबलमा विभिन्न जातीय सांस्कृतिक परिकारका स्टल राखिने संघका अध्यक्ष देवीप्रसाद पौडेलले बताए ।

स्टलहरूलाई प्रतिस्पर्धा गराइ पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

यहाँको पर्यटन प्रवद्र्धन, व्यवसाय चलायमान बनाउने प्रयासले फेस्टिबल आयोजना गरिएको व्यवसायी प्रकाश चापागाईंले बताए। उनका अनुसार फेस्टिभलमा लिम्बू, राई, मगरलगायत विभिन्न जातिका सांस्कृतिक नृत्य, गायनलगायत प्रस्तुति पनि राखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार