ईलाम सेवा समाज दोहा कतारद्वारा राहसल बाल अनाथालयलाई खाद्य सामाग्री उपलब्ध

  तिलविक्रम थेवे
308 Shares

दोहा कतार : ईलाम सेवा समाज दोहा कतार (ईसेस) ले यसपालीको देउसी भैलोबाट संकलन भएको रकम ईलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथलयका अनाथ बालबालिकाहरूलाई खाद्य सामाग्री उपलब्ध गराएको छ । अनाथालयका बालबालिकाहरुलाई भोजन समेत खुवाइएको ईलाम सेवा समाज कतारका अध्यक्ष खडक फागो र महासचिव ज्ञानेन्द्र रसाईलीले जानकारी दिए ।

रेनु कार्की संयोजक रहेको ईसेस कतार महिला विभागले आयोजना गरेको तिहार विशेष चेलीमाईती भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रममा देउसी भैली खेलेर सो रकम संकलन गरिएको थियो ।

राहसल बाल अनाथालयका संस्थापक अध्यक्ष राजेन्द्र चौहान, वर्तमान अध्यक्ष माया भटटराई, सचिव गीता कोईराला, कोषाध्यक्ष टिकाराम चौहान लगायतका पदाधिकारीको उपस्थितिमा कार्तिक २२ गते विहीबारराहसल बाल अनाथालयका संस्थापक अध्यक्ष राजेन्द्र चौहान, वर्तमान अध्यक्ष माया भटटराई, सचिव गीता कोईराला, कोषाध्यक्ष टिकाराम चौहान लगायतका पदाधिकारीको उपस्थितिमा कार्तिक २२ गते विहीबार सल्लाहकार तुलसी सुवेदी, सल्लाहकार राजु देवान, सक्रिय सदस्य टंक लम्साल, संस्था सदस्य परिवार देवी चौहान, संस्था सदस्य परिवार रचना रसाईली लगायतका ईलाम सेवा समाजका पदाधिकारीहरुले बाल अनाथालयमा गएर खाद्य सामाग्री उपलब्ध गराएका थिए ।

बाल अनाथालयमा गएर खाद्य सामाग्री उपलब्ध गराई सहयोग गरेकोमा अनाथालयका पदाधिकारीहरुले ईलाम सेवा समाज कतारलाई धन्यवाद व्यक्त गरे । राहसल बाल अनाथालयले संस्थाको स्थापनाकालदेखि नै मानवीय सहयोग जुटाउदै अनाथ बालबालिकाहरुलाई शिक्षादिक्षा र संरक्षण दिदै आएको छ ।

अनाथालयको बालबालिकाहरुको शिक्षादिक्षा र उव्वल भविष्यको लागी ईलाम सेवा समाज कतारका अध्यक्ष खडक फागो र महासचिव ज्ञानेन्द्र रसाईलीले देशविदेशमा रहेका मनकारी ईलामेलीहरुलाई सहयोग गर्न हार्दिक अपील पनि गरेका छन् ।

‘जिउँदाको जन्ती–मर्दाको मलामी, हामी इलामेली’ भन्ने मूल नारालाई आत्मसात् गर्दै सन् २०१५ मा स्थापित कतारमा कार्यरत् ईलामेलीहरुको साझा सामाजिक संस्था ईलाम सेवा समाज दोहा कतार स्थापना भई क्रियाशील छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार