इलाम : दक्षिण कोरियामा निधन भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको परिवारलाई छ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ ।
विद्यार्थी भिसामा त्यहाँ पुगेकी सोनुको परिवारलाई कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज (सोनसिक), इलामेली समाज र गैरआवासीय नेपाली (एनआरएनए) ले सो सहयोग गरेका हुन् ।
श्रेष्ठको शव नेपाल पठाउने उठेको रकमबाट उब्रिएको रकम सोनुको परिवारलाई सहयोग गरिएको बताइएको छ ।
गएको २ भदौमा कोरियामा निधन भएकी सोनुको शव ९ गते घर ल्याएर दाहसंस्कार गरिएको थियो । गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठ उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् ।