माओवादी केन्द्र फाल्गुनन्दका कार्यकर्ता श्रम अभियानमा जुट्दै

  युद्धबहादुर बोहोरा
280 Shares

पाँचथरः देशभर अधिकांश पहाडका ठाउँहरुमा बर्षायामको बाढी र पहिरोले ग्रामीण सडक बिग्रँदा सवारी साधन चल्न कठिन हुने गरेका छन् । यसै अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द गाउँपालिका ४ नम्वर वडा कमिटीको आयोजनामा श्रम अभियान मार्फत सडक मर्मतको काम शुरु गरिएको छ । प्रकृयागत ढंगबाट सरकारी बजेट प्रयोग गर्न समय कुर्नु पर्ने हुन्छ । ग्रामीण सडकलाई सरकारी बजेको मात्रै मुख ताकेर पर्खिन्दा झनै सकडको हालत दयनीय बन्न सक्छ । सडक जस्तो अत्यावश्य विकाशको संरचना बिग्रन शुरू भएपछि झनै खराबी हुने गर्दछ । जतिसक्दो चाँडो यसको संरक्षण गरियो भने क्षति हुनबाट जोगिने सक्छ भन्ने उदेश्यले कार्यकर्ता र सहयोगीहरुबाट वडा भित्र रहेका मुख्य सडक मर्मत अभियान संचालन गरेको पार्टी वडा कमिटी अध्यक्ष सन प्रसाद नेम्बाङले जानकारी दिए ।

हरेक बासिन्दाले आफ्नो घर आसपास बाटो मर्मत तथा सम्भार गर्ने हो भने बिरामी,सुत्केरी,असक्त,बालबच्चा र बुढापाका मानिसलाई जटिल अवस्थामा घरैसम्म सवारी साधन मार्फत पुर्याउन सहज हुने उक्त श्रम अभियानमा सहभागी पार्टीका प्रदेश कमिटी सदस्य ठाकुरसिं नेम्वाङको भनाई छ । हाल हरेक पालिका भित्रका बस्तीमा पुग्ने गरी सडक संजाल विस्तार भएका छन् ।

शनिबार शुरु गरिएको श्म अभियानमा राँके-गेलीभञ्ज्याङ-फाक्तेप कोल्वुङ-आङसराङ हुँदै मेहेलवोटेदेखि कुम्मायक यासोकसम्मको कृषि सडक अन्तर्गता वडा नम्बर ४ को चिलिङदिन-हेलाङ खण्डमा पर्ने करीव १६ घनमिटर सडक सोलिङ गरिएको छ । ४ नम्बर वडाका अध्यक्ष दल वहादुर नेम्वाङलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागी रहेका थियो।

फाल्गुनन्द वडा नम्बर ४,५,६ र ७ साथै १,२,४ नम्बर वडाको तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिक यस कृषि सडकबाट लाभान्वित छन् ।  यस क्षेत्रमा उत्पादिक कृषि जन्य वस्तु यसै सडकको माध्यमबाट ढुवानी हुने गरेको छ । राँके- रवि सडकमा यातायत हसहज हुँदा यो सडक वैकल्पिक सडकको रुपमा पनि प्रयोग हुँदै आएको छ । पाँचथर जिल्लाकै  बढी अकबरे खुर्सानी उत्पादन हुने यस क्षेत्रमा अलैची,कागती,सुन्तोला,आलु,अदुवा,कुचो,दुधलगायतका वस्तुहरु उत्पादन हुने गरेको छ ।

किसानलाई सहज होस भन्ने उदेश्यले श्रमअभियानको कार्य शुरु गरिएको र आगामी दिनमा पुरानो पञ्चमी-बरडाँडा सडक,देउराली- चेप्लुङ सडकलगायत वर्षातको समयमा बिग्रिएका अन्य अत्यावश्यक बाटोहरु पनि मर्मत गर्दै लगिने प्रदेश कमिटी सदस्यसमेत रहेका यसै वडाका बासिन्दा तथा पालिका उपाध्यक्ष नेवाङले बताए । यस किसिमको सन्देश मुलक कार्यलाई सबैले अनुसरण गर्न सके सबैको  प्रयासमा  स्थानीय क्षेत्रको विकाश निर्माणमा थप बल पुग्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार