इलाम : इलाम संगितको उर्वर भुमि मानिएको जिल्ला हो । नेपाली कलाकारीताको इतिहाँसमा इलामले भिन्नै स्वादको मनोरन्जन दिँदै आएको छ । यस्तै फरक र नेपालमा भएको जातीय, वर्गीय, आर्थिक तहगत विभेदीकरणको कथावस्तुलाई गीतमा उतारिएको एउटा म्युजिक भिडियो सोमबार सुर्योदयको छिपिटार स्थित रिन्छेन होटलमा प्रिमियम सो गरिएको छ ।
विगत १२ बर्ष देखि निर्देकका रुपमा काम गर्दे आएका हिकस राइको निर्देशनमा निर्देशित जात बोलको म्युजिक भिडियोको प्रिमियर सो सर्जक संगीतकार तथा गायक पुजन प्रधानले सार्वजनिक गरेका हुन् । उनले मोफसलमा पनि यति राम्रो भिडियो तयारी हुनुले गाउँमा काठमाण्डौँ सरहेको महशुस भएको बताए ।
यस्तै गायक तथा संगीतकार रगुन गुरुङले इलामले एउटा खारिएको निर्देशक पाएको बताए । म्युजिक भिडियोमा मुख्य पात्रमा मोडल मुकेश गुरुङ र आस्ना गुरुङले अभिनय गरेका छन भने कलाकार सचिन राइले समेत अभिनय गरेका छन् ।
निशान साप्कोटको शव्द र संगित रहेको गितमा उदाश संकरले आवज दिएका छन् । प्रिमियम सोले मोफसलमा रकेका कलाकार संगको सम्बन्ध स्थापित गरी सबैको अपनत्व बढाउने भएकाले आफूले प्रिमियम सो गरेर गित रिलिज गर्न थालेको निर्देशक हिकस राइले बताए ।
उनले हाल सम्म करिब ३० वटा गीतमा निर्देशन गरिसकेका छन् । कार्यक्रमा गायक लेखु मुखिया साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रमको सन्चालन मोडल गौरव चाम्लिङले गरेका थिए । गीत आउँदो साउन २९ गते बुढा सुब्बा डिजिटल च्यानलबाट रिलिज हुने जनाइएको छ ।