देउमाई नगरपालिकाको उद्योग, सहकारी तथा संघ-संस्था सम्बन्धी नीति तथा कार्यक्रम

  नयाँ बुलन्द
21 Shares

 

इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको उद्योग, सहकारी तथा संघ-संस्था सम्बन्धी नीति तथा कार्यक्रम :

  • स्थानीय श्रोत साधन तथा यस क्षेत्रमा पाइने कच्चा पदार्थको प्रशोधन गर्ने घरेलु तथा साना उद्योग, कृषिजन्य, वनजन्य उद्योग स्थापना तथा संचालनलाई प्रोत्साहन गर्ने निति बनाइने छ साथै लघु उद्यम विकासका लागि संघीय सरकार, प्रदेश सरकार संग सहकार्य गर्दै अघि बढिनेछ।
  • देउमाई नगरपालिकामा रहेका सम्पूर्ण सहकारीहरुलाई कोपो एम.आई.एस. प्रणालीमा अनिवार्य आवद्ध गराई व्यवस्थित गर्दै लगिनेछ।
  • सहकारी तथा संघ-संस्थाहरुको अनुगमन सम्बन्धी कार्यविधि तयार गरि अनुगमन कार्यलाई निरन्तरता दिइनेछ।
  • खारेज हुन वा एक अर्कामा गाभिन चाहाने सहकारीहरुका लागि खारेजी वा मर्जरका लागि आवश्यक नीति लिइनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार