इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको राजश्व तथा बित्तीय व्यवस्था सम्बन्धी नीति तथा कार्यक्रम :
- चरम आर्थिक संकटको कारण धरासायी भएका व्यवसायहरु जुर्मुराउदै गरेको वर्तमान परिवेशमा करको दर वृद्धि गर्नु भन्दा करको दायरालाई फराकिलो वनाउदै प्रगतिशील कर संकलन नीति अवलम्वन गरिनेछ।
- सम्पुर्ण व्यवसाय तथा सेवा क्षेत्रलाई अनिवार्य रुपमा करका दायरामा ल्याउन आवश्यक नीति लिइनेछ।
- देउमाई नगरपालिकाको आन्तरीक राजस्व वृद्धिका लागि सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन (ढुंगा, गिटि, वालुवा तथा जलचर समेत) र कानुनले वर्जित गरेका वाहेक बन क्षेत्रका वन्यजन्तु एवं जडिबुटिको कारोवारलाई करको दायरामा ल्याउने नीति लिइनेछ।
- नगरको समग्र राजस्व वृद्धिका लागि राजस्व सुधार योजना तयार भइसकेकाले सोही अनुसार आगामी आ.व. बाट कार्यान्वयन गरिनेछ।