इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी नीति तथा कार्यक्रम :
- नगरपालिकाबाट दैनिक रुपमा प्रवाह हुने सेवालाई छिटो, छरितो तथा थप पारदर्शी बनाउने नीति अनुरुप नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनलाइनमा आधारित बनाइनेछ ।
- सञ्चार क्षेत्रको विकासका निम्ति स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
- नगरपालिका हाताभित्र सुचना केन्द्रको स्थापना गरि नगरको सम्पूर्ण सूचना सहज रुपमा प्रदान गर्ने व्यवस्था मिलाइनेछ।