रोङ पर्यटन तथा कृषि महोत्सवको आयव्यय सार्वजनिक

  बिक्रम सुन्दास
231 Shares

इलाम : रोङ उद्योग वाणिज्य संघद्वारा आयोजित रोङ प्रथम पर्यटन तथा कृषि महोत्सव २०८१ को आयव्यय सार्वजनिक गरिएको छ ।

नयाँ वर्षको अवसरमा प्रसिद्ध धार्मिकस्थल पाथिभाराको हाँसपोखरीमा गत वैशाख ६ गतेसम्म संचालित महोत्सवमा छ लाख ९८ हजार दुई सय ८५ रुपैयाँ आम्दानी भएको छ । खर्चतर्फ भने नौ लाख ५८ हजार दुई सय २० रूपैयाँ भएको देखाइएको छ । जसमध्ये एक लाख ६३ हजार नौ सय ३५ समितिलाई दायित्व रहेको छ ।

आम्दानीतर्फ रोङ गाउँपालिकाबाट एक लाख, संघसंस्था र उद्योगी व्यावसायीबाट दुई लाख ३४ हजार पाँच सय ८५ रुपैयाँ, प्रवेश टिकटबाट ७३ हजार दुई सय रुपैयाँ, स्टल बिक्रिबाट २७ हजार रुपैयाँ, मनोरञ्जन खेलबाट एक लाख रुपैयाँ, आन्तरिक सापटीबाट ७६ हजार रुपैयाँ, होटल व्यावसायीबाट  ५० हजार रुपैयाँ, टेण्ट एवम साउण्ड सिस्टमबाट ३० हजार रुपैयाँ र पार्किङ शुल्कबाट तीन हजार पाँच सय रुपैयाँ देखाइएको छ ।

खर्चतर्फ मैदान व्यवस्थापनमा ६१ हजार दुई सय २० रुपैयाँ,  प्रचारप्रसारमा ७० हजार रुपैयाँ, खाना नास्ता तथा अतिथि व्यवस्थापनमा एक लाख ६० हजार  रुपैयाँ, टेन्ट र गेटमा दुई लाख ३० हजार रुपैयाँ, साउण्ड सिस्टममा एक लाख ६० हजार रुपैयाँ, कलाकारमा दुई लाख १७ हजार रुपैयाँ र छपाई तथा मसलन्दमा ६० हजार रुपैयाँ रहेको संघका अध्यक्ष नगन्द्र राईले जानकारी दिए ।

उनले यो पहिलो प्रयास भएकाले पनि आफुहरूले धेरै कुरा सिकेकाले आगामी वर्ष भने बृहत् गर्ने गरीको तयारी आजैबाट भएको बताए ।

यसै अवसरमा मिडिया पार्टनर रेडियो बुद्धवाणी एफएम र इलाका प्रहरी कार्यालय पशुपतिनगरई प्रसंशापत्र प्रदान गरिएको छ ।

हाँसपोखरीको कभर्डहलमा भएको कार्यक्रमलाई संघका महासचिव माधव ढुङ्गेलले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार