‘मुढा’ चुनाव चिन्ह लिएका साझा उमेद्वार डकेन्द्र थेगिम लिम्बू टोलीको आज (बुधबार) इलाम देउमाइ-९ जितपुर बजारमा सभा थियो । सभालाई सम्बोधन गर्दै अभियान्ता स्वागत नेपालले भ्रष्ट्राचार गरेर देश र जनतालाई कंगाल बनाउने बिभिन्न पार्टीका नेताहरुलाई कानुन बनाएर मृत्यु दण्ड दिनुपर्ने बताएका छन् । डकेन्द्रसिंह थेगिमको उमेद्वारी एउटा समुदायको नसोचिकन भ्रष्ट्राचार, अनियमितता विरुद्धको अभियान भएकोले मुढा चिन्हमा भोट दिएर अत्याधिक मतका साथ बिजय गराउन आव्हान गरेका छन् ।
नयाँ र युवा भनिएकाहरु उमेद्वारहरु आदेशमा चल्ने ‘लाश’ भएको बताए आरोप लगाएका छन् । माहोल हेर्दा डकेन्द्रसिंह थेगिमले जितिसकेको हुनाले क्षेत्री, बाहुन, दलित सम्पूर्ण जनताले भोट दिन स्वागत नेपालले बताए । कार्यक्रममा उमेद्वार डकेन्द्रसिंह थेगिमले अघिल्लो निर्वाचनमा जिताएर पठाएकार व्यक्तिहरुले जनताको काम नगरेर देशलाई कंगाल बनाउने तर्फ बढेको बताए ।
भ्रष्ट्राचार विरद्ध अभियान चलाउन र उत्पीडित वर्ग समुदायको पक्षमा कानुन बनाउन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखके पक्षमा लाग्ने बताए । थेगिमले आफूले जितेर गएपछि ६ वटै प्रदेशको पुन नामकरणको लागि नयाँ अभियानको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पूर्ब संस्कृति मन्त्री गोपाल किराती, खगेन्द्र माखिम, लेखक युग पाठक, बिशेन्द्र पासवान लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा गायक कलाकारहरु गंगा फ्याक, तिर्सना नेम्बाङ, सुनिता थेगिम, एकदेश लिम्बू लगायतले सांगीतिक कोशेली प्रस्तुत गरेका थिए । बिभिन्न पार्टीका नेताहरुको भ्रष्ट्राचारी क्रियाकलापको कारण पार्टी र नेताहरुबाट बितृष्णा छाएको कारण स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनावी सभामा हजारौं समर्थक तथा शुभचिन्तकहरु सहभागी हुने गरेको छ ।
स्वतन्त्र उमेद्वार थेगिमको चुनावी इलाम बजार, माङ्सेबुङ, माई नगरपालिका लगायतको बिभिन्न स्थानमा हजारौ, उपस्थिति हुने गरेको छ ।