जित निकाल्ने लक्ष्यसहित ‘मुढा’ चिन्ह लिएर चुनावी मैदानमा डकेन्द्रसिंह थेगिम

इलाम : वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाममा १९ जनाको उम्मेदवारी कायम भएको छ । जसमध्ये नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, कांग्रेसका उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

पहिचान पक्षधरहरुको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका लिम्बू यतिबेला ‘मुढा’ चिन्ह लिएर चुनावी प्रचारप्रसारमा होमिएका छन् । कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचानवादी कित्ता पहिलोपटक चुनावी राजनीतिक मैदानमा एकीकृत भएका हुन् । थेगिमलाई सत्तारुढ दल जनता समाजवादी पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी, संघीय लोकतान्त्रिक संच, राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग छ । नेकपा एकीकृत समाजवादी पार्टीको घटक संस्था लिम्बुवान समितिले पनि थेगिमलाई सहयोग गरिरहेको बताइएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि थेगिमको समर्थनमा देखिन्छन् । बुधबार इलामको माङसेबुङमा भएको पहिचान पक्षधरको एक साझा चुनावी सभामा मेयर हर्क साम्पाङ पुगेका थिए । सभालाई सम्बोधन गर्दै उनले यसपटक कुनै पार्टीले नभई एउटा इतिहास, एउटा सभ्यता, एउटा संस्कृति र एउटा स्वतन्त्रले जित्न पर्ने बताएका थिए । यस्तै, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, आदिवासी जनजाति महासंघ लगायतको संघसंस्थाहरू थेगिमको समर्थनमा छन् ।

प्रदेश नामकरणको विषयलाई लिएर कोशी प्रदेशमा पहिचान पक्षधरहरुले आन्दोलन चर्काएका थिए । सोही क्रममा लाजेहाङ लिम्बु सहिद भइसकेका छन् । प्रदेशलाई पहिचानको आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै थेगिमकै संयोजकत्वमा संगठित भएका ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले सरकार पक्षसँग पटकपटक वार्तासमेत गर्‍यो । आन्दोलन जारी रहेकै अवस्थामा इलाम–२ मा नेकपा एमालेबाट निर्वाचित पहिलो संविधानसभाका सभामुख सुवास नेम्बाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा पहिचान पक्षधरहरू पनि साझा उम्मेदवार खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।

संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेज गरी भूगोल र पहिचानको आधारमा ‘लिम्बुवान किरात’ राखिनुपर्ने बटमलाइनसहित आन्दोलन सुरु गरेको थियो । यद्यपि संगठित हुनुपूर्व थेगिमले ‘किरात सगरमाथा’ नाम अघि सारेका थिए । उक्त विषयलाई लिएर अहिले केही पहिचान पक्षधरहरुले नै थेगिमले किरात धर्मको मात्रै मुद्दा बोक्ने, समग्र ‘लिम्बुवान किरात’को मुद्दा नबोक्ने भन्दै असहयोग जनाउदै आएका छन् । ‘किरात सगरमाथा हुनु भनेको लिम्बुवान आन्दोलन बाँकी सय वर्ष पछाडि धकेलिनु हो । थेगिम स्वय् किरात धर्मसँग नजिक भएको हुँदा उनले भोली गएर लिम्बुवानलाई धोका दिँदैनन् भन्न सकिदैन’, एक पहिचान पक्षधरले बताए ।

संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेज गरी भूगोल र पहिचानको आधारमा ‘लिम्बुवान किरात’ राखिनुपर्ने बटमलाइनसहित आन्दोलन सुरु गरेको थियो । यद्यपि संगठित हुनुपूर्व थेगिमले ‘किरात सगरमाथा’ नाम अघि सारेका थिए । उक्त विषयलाई लिएर अहिले केही पहिचान पक्षधरहरुले नै थेगिमले किरात धर्मको मात्रै मुद्दा बोक्ने, समग्र ‘लिम्बुवान किरात’को मुद्दा नबोक्ने भन्दै असहयोग जनाउदै आएका छन् । ‘किरात सगरमाथा हुनु भनेको लिम्बुवान आन्दोलन बाँकी सय वर्ष पछाडि धकेलिनु हो । थेगिम स्वय् किरात धर्मसँग नजिक भएको हुँदा उनले भोली गएर लिम्बुवानलाई धोका दिँदैनन् भन्न सकिदैन’, एक पहिचान पक्षधरले बताए ।

तर, संयुक्त संघर्ष समिति गठन हुनुपूर्व ‘किरात सगरमाथा’ नाम सिफारिस गरिएको भएता पनि संयुक्त संघर्ष समिति गठनपछि समितिको निर्णयद्धारा पारित नाममै सहमति जनाउने निर्णय भएको पहिचानसहित प्रदेश नम्बर १ पुनः नामांकन अभियान समितिका सहासचिव तथा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचन परिचालन समितिका संयोजक रामभक्त कुरुम्बाङले बताए । उनले भने, ‘म त्यही संगठनको महासचिव हुँ । २०७९ साउन ७ गतेदेखि फागुन १७ गतेसम्म हाम्रो संगठनले किरात सगरमाथा हुनुपर्छ भनेरै आन्दोलन गरेको हो । जब फागुन १७ गते कोशी नामकरण भइसकेपछि नैतिकता बिनाको प्रदेश सभा र प्रदेश सरकारलाई नैतिक दबाब दिनु आवश्यक नभएपछि हामीले पहिचानसहितको प्रदेश नं.१ पुनः नामांकन समिति भनेर राजनीतिक मुद्दा बोक्ने राजनीतिक संगठनको रुपमा रुपान्तरण गर्‍यौं । त्यसपछि किरात सगरमाथा सकियो । अब अहिले हामी संयुक्त संघर्ष समितिको जिम्मेवार घटकको रुपमा पनि छौं । अहिले हाम्रो संगठनको अध्यक्ष साझा उम्मेदवार भइसकेपछि प्रदेशको नाम के हुने भन्ने सवालमा संयुक्त संघर्ष समितिले जुराएको नाम नै हाम्रो पनि हुने छ । यसमा कुनै दुविधा छैन र शंका गर्नु आवश्यक छैन ।’

थेगिम साझा र स्वतन्त्र उम्मेदवार भएको हुँदा राजनीतिक पार्टीसँग आजित भएकाहरुले उनलाई साथ दिईरहेको कुरुम्बाङको भनाई छ । उनी भन्छन्, ‘राजनीतिक दलका कार्यकर्ता तथा दलहरुका विकृति, कुसाशन, भ्रष्टचार, अनियमितता लगायतका गतिविधिबाट वाक्क भएका स्वाभिमान जनताहरुले स्वतन्त्र उम्मेदवारलाई भोट दिने वातावरण बनेको छ ।’ आदिवासी संघसंथाहरु, स्वतन्त्र व्यक्ति, बुद्धिजिवी, नागरिक अगुवा, विभिन्न पेशा व्यवसायमा रहेका आदिवासी जनजाति, उत्पिडीत समुदाय, अल्पसंख्यक, सिमान्तकृत समुदायहरुको समेत सहानुभूति पाएको हुँदा थेगिमले बाजी मार्न सक्ने उनको विश्वास छ ।

गत आमनिर्वाचनमा इलाम क्षेत्र नं २ बाट नेकपा एमालेका तत्कालिन उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए । ३० हजार २० मतसहित विजयी भएका नेम्बाङको २७ भदौ २०८० मा हृदयघातका कारण निधन भएपछि यस क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रका लागि नेकपा एमालेले स्वः नेम्बाङकै छोरा सुहाङलाई अघि सारेको छ ।

आमनिर्वाचनमा प्रत्यक्षतर्फ चुनावी मैदानमा खडा भएका १४ उम्मेदवारमध्ये ६ उम्मेदवार पहिचानवादी दल र समूहका थिए । सबै दलको मत एक ठाउँ जोड्दा ४ हजार १५७ पुगेको थियो । अहिले स्वतन्त्रको माहोल र रहेको र सबैको सहयोग रहेको हुँदा थेगिमले राम्रो मतसहित विजयी बन्नेमा पहिचान पक्षधरहरु ढुक्क छन् । थेगिम नेपालका चर्चित युवा गायकद्धय एकदेव लिम्बु र सुनिता थेगिमका पिता हुन् ।

-नेपाल मामिलाको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार