इलाममा नेपथ्य ब्यान्डको कन्सर्ट

इलाम : आउँदो चैत ३ गते शनिबार प्रख्यात सांगीतिक ब्यान्ड नेपथ्यले इलाममा लाइभ कन्सर्ट गर्ने भएको छ । ‍इलामको सूर्योदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेलमैदानमा नेपथ्यले पहिलो पटक कार्यक्रम गर्न लागेको हो ।

न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ न्युपी थर्पा छोलिङ गुम्बाको आयोजनामा लाइभ कन्सर्ट गर्ने मङ्गलबार इलाममा पत्रकार सम्मेलन आयोजना गरी आयोजकले जानकारी दिएको छ ।

‘न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ हामीले कार्यक्रम आयोजन गर्न लागेका छौं’ कार्यक्रम आयोजक न्युपी थर्पा छोलिङ गुम्बाका हरी गुरुङले भने, ‘संगीतका माध्यमबाट समेत इलाममा पर्यटन विकास गर्न सकिन्छ भन्ने विश्वासमा समेत यो कार्यक्रम गर्न लागेका छौं’

कार्यक्रमका लागि अनलाइन र मास टिकट बिक्री सुरु भइसकेको गुरुङले बताए । टिकटको मूल्य एक हजार एक सय कायम गरिएको उनले बताए ।

करिब पाँ हजार दर्शकले टिकट काटेर कार्यक्रम हेर्ने आयोजकको अपेक्षा छ । ‘टिकट बिक्री सुरु भएको छ हामीले कम्तीमा पाँच हजार दर्शक कार्यक्रम हेर्न आउने अपेक्षा गरेका छौं,’ गुरुङले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार