पत्रकार सन्देश सुब्बा साँगीतिक क्षेत्रमा पनि…..

  नयाँ बुलन्द
623 Shares

पाँचथरः सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ। सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वालगायतले अभिनय गरेका छन्। रोशा हाङसरुम्बा लिम्बु र सन्दिप तुम्रोकले निर्माण गरेको भिडियोलाई पाँचथरको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको छ। भिडियोको छायाङ्कन तथा सम्पादन बरदान लिम्बू इङ्वाले गरेका हुन् भने श्रृङ्गार ज्योति बेघा लिम्बूको रहेको छ। त्रिकोणात्मक प्रेमकथा देखाइएको भिडियोमा प्रेम र विश्वासलाई कसैले कुल्चिन नहुने सन्देश रहेको निर्देशक सुब्बाले बताए । सेवा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको एरेन्ज कृष्णभक्त राईको रहेको छ ।

साहित्य सिर्जनासंगै लामो समयदेखि पाँचथरमा पत्रकारिता गर्दै आएका सुब्बा ६० को दशकदेखि साहित्य र संगीतमा निरन्तर लाग्दै ‘आगोको सौन्दर्य (कविता संग्रह) २०७२’ र ‘सम्झनाको आँधी (गजल संग्रह) २०७८’  कृति  प्रकाशन  भइसकेका छन् । दोस्रो विश्वव्यापी खुला अनलाइन कविता प्रतियोगिता (सन् २०१५) प्रथम, पूर्वाञ्चलस्तरीय खुला कविता प्रतियोगिता (२०७२) द्वितीय भइ पुरस्कृत भएका सुब्बा  निरन्तर साहित्य सिर्जना गर्दै आएका छन् । हाल उनी (रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र) धनकुटामा कार्यरत सुब्बाको यो पहिलो म्युजिक भिडियो हालै सार्वजनिक भएपछि शुभेच्छुकहरुले उनको बहुप्रतिभाको  प्रशंसा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार