इलामको पशुपतिनगरमा सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र स्थापना

  प्रकाश नेपाल
126 Shares

पशुपतिनगर : नेपाल भारतको सिमामा रहेको इलामको पशुपतिनगरमा यातायत ब्यवस्था सेवा कार्यालयको सेवा केन्द्र स्थापना भएको छ ।  भारतीय सवारीलाई नेपाल प्रवेशमा सहज बनाउनका लागि कार्यालयको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा ल्याइएको हो ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहने गरी आईतवार बाट सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा ल्याइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गरे ।  प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाईकलको दुई सय १० रुपियाँ राजस्व लिने ब्यवस्था गरेको छ ।  यो केन्द्र स्थापमा संगै भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा सहज हुने छ  ।

यता यातायत ब्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख छवि खतिवडाले भारतीय सवारीले पटके काट्ने तथा नेपालकै पनि रुट पर्मीट भएका सवारीले अन्यत्र जादा पटके काट्न उक्त केन्द्रबाट सकिने बताए  । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजश्व बुझाउने ब्यवस्था गरीएको छ ।

इलामको पशुपतिनगरमा सवारी पटके तथा  राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो । हिटा बाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार