आजको दिन सबैभन्दा छोटो, रात लामो

  नयाँ बुलन्द
532 Shares

इलाम : आज यो वर्षको सबैभन्दा छोटो दिन हो । अंग्रेजी पात्रो अनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ । आजको दिन सबैभन्दा छोटो हुन्छ भने रात सबैभन्दा लामो ।

वैज्ञानिकहरुका अनुसार जाडो मौसममा पृथ्वीको उत्तरी गोलाद्र्ध सूर्यबाट सबैभन्दा टाढा पर्छ । पृथ्वीले अण्डाकार कक्षमा सूर्यको फन्को लगाउने क्रममा पृथ्वीको कुन गोलार्द्ध सूर्यको दिशामा झुकेको छ वा विपरीत दिशामा झुकेको छ भन्ने पक्षले चिसो मौसम र गर्मी मौसमको निर्धारण गर्दछ ।

त्यसैगरी, पृथ्वीको कुनै भूभागमा सूर्यको प्रकाश थोरै समयसम्म रहने र कुनै भूभागमा धेरै समयसम्म रहने हुँदा दिन छोटो र लामो हुन्छ । पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका मुलुकहरुमा आज वर्षकै छोटो दिन हुन्छ । तर दक्षिणी गोलार्द्धमा रहेका मुलुकहरुमा आज वर्षको सबैभन्दा लामो दिन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार