माङसबेुङ इक्ला-२ विजेता योङहाङलाई गाउँमा भव्य स्वागत

  नयाँ बुलन्द
651 Shares

इलाम :  मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उपाधि दिनेश योङहाङ बुधबार जन्मघर फाकफोकथुम गाउँपालिका-७ इलाम पुगेका छन् ।

उपाधि जितेर जन्मगाउँ फाकफोकथुम पुगेका योङहाङलाई गाउँबासीले भव्य स्वागत गरेका छन् ।

मंगलबार भएको फिजनलेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै योङहाङ विजयी भएका थिए । उनले नगद ४० हजार, एउटा गिटार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उपविजेता इलामकै सान्ता फियाक बनेकी छन् ।उपविजेतालाई नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्रसहित आकर्षक गिफ्ट पाए । प्रतियोगिताका उत्कृष्ट चार जनाको प्रस्तुतिका आधारमा निर्णायकहरुद्धारा विजेता र उप विजेता छनौट भएका थिए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले माङसेबुङ इक्ला आयोजना गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट ८ मा प्रवेश गरेका सबै प्रतियोगीहरुले सोमबार साँझ वृहत सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिको आधारमा निर्णायकबाट टप ४ छनौट गरिएको थियो ।

फाइनलमा पुगेका टप ४ प्रतियोगीहरुले मंगलबार साँझ वृहत सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला गायन प्रतियोगिताको विजेता र उप विजेता छनौट गरी पुरस्कार वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार