‘माङसेबुङ इक्ला-२’ मा दिनेश योङहाङ विजयी

इलाम : मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उपाधि दिनेश योङहाङले जितेका छन् ।  मंगलबार भएको फिजनलेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै योङहाङ विजयी भएका हुन् ।

फाकफोकथुम गाउँपालिका-७ का योङहाङले उनले नगद ४० हजार, एउटा गिटार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उपविजेता इलामकै सान्ता फियाक बनेकी छन् ।उपविजेतालाई नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्रसहित आकर्षक गिफ्ट पाए ।

प्रतियोगिताका उत्कृष्ट चार जनाको प्रस्तुतिका आधारमा निर्णायकहरुद्धारा विजेता र उप विजेता छनौट भएका हुन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले माङसेबुङ इक्ला आयोजना गरेको थियो ।

प्रतियोगिताको निर्णायकहरु गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दीलमती चेम्जोङ , गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहेको थियोे  ।

प्रतियोगिताको उत्कृष्ट ८ मा प्रवेश गरेका सबै प्रतियोगीहरुले सोमबार साँझ वृहत सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिको आधारमा निर्णायकबाट टप ४ छनौट गरिएको थियो ।

फाइनलमा पुगेका टप ४ प्रतियोगीहरुले मंगलबार साँझ वृहत सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला गायन प्रतियोगिताको विजेता र उप विजेता छनौट गरी पुरस्कार वितरण गरिएको छ ।

यसैबीच योङहाङलाई फाकफोकथुमबासीले भव्य स्वागत गरेका छन् । उपाधि जितेर जन्मघर फाकफोकथुम पुगेका योङहाङलाई गाउँबासीहरुले फूलमालाले स्वागत गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार