पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल राजदूत सिफारिस

काठमाडौं : सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

हाल विभिन्न २५ देशमा नेपाली राजदूतावास छन् । अब पोर्चुगलमा थपिने भएसँगै २६ देशमा नेपाली राजदूतावास हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार