माइपोखरी त्रिधार्मिक उत्सवका लागि सय रुपैयाँ अभियान

सन्दकपुर : माइपोखरी कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुर गाउँपालिकामा पर्दछ । माईपोखरीमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि माईपोखरीमा धार्मिक उत्सव मंसिर १ गतेदेखि ८ गतेसम्म आयोजना हुँदैछ ।

धार्मिक तथा पर्यटन उत्सव सफल बनाउन सय रुपैयाँ सहयोग संकलनको अभियान गरिने भएको छ । धार्मिक तथा पर्यटन उत्सवको खर्च व्यवस्थापन र फिलतका लागि सय रुपैयाँ सहयोग संकलन गर्ने अभियान चलाइएको आयोजक समितिका अध्यक्ष प्रेमनाछिरिङले बताए । त्रिधार्मिक उत्सव सफल बनाउन आर्थिक श्रोत संकलनका लागि उक्त अभियान शुरु भएको उनले बताए ।

पूर्वी पहाडी जिल्लाको रामसार क्षेत्रमा सुचिकृत माईपोखरीमा धार्मिक र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले धार्मिक उत्सवको आयोजना गर्न लागिएको हो । उत्सवमा सहयोग गर्न चाहनले प्रभु बैंकमा आयोजक संस्थाको बैक खाता खोलिएको छ । प्रभु बैंकमा श्री माइपोखरी क्रिधार्मिक महायज्ञ आयोजक समितिको खाता नम्बर १६४०१५५०३१३०००१६ मा जम्मा गर्न सकिने आयोजक समितिका प्रचारप्रसार उप–समिति संयोजक श्याम राईले बताए । दाताले न्युनतम सय देखि माथि यथासक्य सहयोग गर्न सक्ने उनले बताए ।

धार्मिक पर्यटन प्रवद्र्धनका लागि हरिबोधनी एकादशीको दिन समापन हुने धार्मिक उत्सवको सफल बनाउन प्रचारप्रसार र निमन्त्रणाको काम शुरु भएको मुल आयोजक समितिका उपाध्यक्ष गृष्म सुब्बाले बताए । धार्मिक महत्वको माईपोखरीमा शक्ति पिठको रुपमा रहेकाले यसको प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको सुब्बाले बताए । उनले भने–‘ धार्मिक महत्व र हिन्दु, वौद्य र किराँत धर्मको संगमस्थल माईपोखरीको प्रवद्र्धन गर्ने पवित्र उदेश्य राखेर धार्मिक पर्यटन उत्सवको आयोजना गरिएको हो ।’

माईपोखरीमा हरिबोधनी एकादशीको दिन मेला पनि लाग्ने प्रचलन रहेको छ । सो अवसरमा हिन्दु, बौद्ध र किराँत धर्मगुरुको उपस्थितमा ८ दिनसम्म धार्मिक उत्सवको आयोजना गरिएकाले आर्थिक श्रोत सबै इलामबासीबाट सहयोगको अपेक्षा गरिएको आर्थिक उप–समिति संयोजक नेत्र रिजालले बताए । हामीले धार्मिक उत्सवको अवसरमा १० लाख भक्तजन र पर्यटकहरुको भ्रमण माईपोखरीमा गराउने उदेश्य राखिएकाले भक्तजनहरुको भेटि, दानदक्षिणाबाट धार्मिक उत्सव सफल बनाइने रिजालले बताए । उनले भने–‘धार्मिक उत्सव सफल बनाउन सय रुपैयाँ सहयोग संकलनको अभियानको थालनी गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार