फाकफोकथुमको दोकानडाँडामा साँस्कृतिक कार्यक्रम हुँदै

इलाम :  इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा आउँदो २९ कात्तिकमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

दिपावली (वलिहाङ तङनाम) को अवसरमा दुतीया बजार वृहत साँस्कृतिक कार्यक्रम संचालन हुन लागेको हो ।

फाकफोकथुम गाउँपालिका ७ नं. वडा कार्यालयको सहयोगमा दुतीया बजार व्यवस्थाप समितिको आयोजनामा साँस्कृतिक कार्यक्रम संचालन हुन लागेको हो ।

कार्यक्रम अन्तरगत नृत्य प्रतियोगितासहित गायन र विभिन्न जातीय झाँकीहरु समेत प्रदर्शन हुनेछ । कार्यक्रममा नृत्य प्रतियोगिताका प्रथम स्थान हासिल गर्ने प्रतियोगीले नगद ५ हजार, द्वितीय स्थान हासिल गर्ने प्रतियोगीले नगद ३ हजार र तृतीय स्थान हासिल गर्ने प्रतियोगीले नगद १ हजार प्राप्त गर्नेछन् ।

कार्यक्रममा लिम्बू जातिकको केलाङ (च्याब्रुङ नाच), राई जातिको साकेला, मगर जातिको हुर्रा, नेवार जातिको लाखे, क्षेत्री/ब्राह्मण जातिको संगिती प्रस्तुती हुनेछ ।

कार्यक्रममा कलाकारहरु नुमा राई, गोमा लिम्बू, दिनेश लिम्बूलगायतको साँगीतिक प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार