फाल्गुनन्दको १३९ औं जन्मजयन्ती फाकफोकथुमको रुपाटारमा मनाइदैँ

इलाम :  किरात धर्म दर्शनदाता, समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औ जन्मजयन्ती कार्यक्रम इलामको फाकफोकथुम गाउँपालिका-७ एकतप्पा रुपाटारमा मनाउने भएको छ ।

स्थानीय सिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा विभिन्न कार्यक्रमका लिङ्देनको १३९ औ जन्मजयन्ती कार्यक्रम मनाउन लागिएको हो ।

जन्मजयन्तीको अवसरमा २० कात्तिकमा फाकफोक र देउमाई खोलाको दोभानमा गालीश्राप बहन्ती, २३ कात्तिकमा माङहिम प्राङ्गणमा येतनाम्धुङ लाधुङ सेमी सेवा र २५ कात्तिकमा जन्मजयन्ती विशेषक कार्यक्रमका साथ साँस्कृतिक कार्यक्रम आयोजना गरिने माङहिमका अध्यक्ष पञ्च योङहाङले जानकारी दिए ।

साँस्कृतिक कार्यक्रममा गोमा लिम्बू, दिनेश लिम्बूलगायत कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार