नाटकमय बन्दैछ पूर्व

  सन्तोष गिरी
560 Shares

चुलाचुली : यतिबेला पुर्व नाटकमय बनिरहेको छ । पुर्वमा रहेका नाटकघरहरु नाटक मञ्चनमा व्यस्त देखिन्छन् । कतै मञ्चन भइ रहेका छन त कतै तयारी ।

झापाको दमकमास्थित कदम थिएटरले ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ नाटकको समय थप गर्न बाध्य भएको छ । दर्शकको चाप बढी भएर नाटकको शो थप्न बाध्य रहेको स्रोतले बताउँछ । साहित्यकार इन्द्र बहादुर राईको कथामा आधारित नाटकलाई जीवन बरालले निर्देशन गरेका हुन् । असोजको २१ गते सम्म मञ्चन समय राखिएको नाटकको समय थप गरि २४ गते सम्म दमकस्थित कदम थिएटरको सभाहलमा मञ्चन रहने छ ।

त्यस्तै अन्वेश थुलुङद्वारा परिकल्पना तथा निर्देशित नाटक “चियाबारी- मीठो चियाको कथा” तयारीको अन्तिम चरणमा छ । इलाममा अवस्थित चेतना नाट्य समूहद्वारा निर्मित यस नाटक असोजको २२ गते देखि कार्तिक २ गतेसम्म इलाम सदरमुकामस्थित नारी विकाशको सभाहल इलाममा मञ्चन हुनेछ । नाटकले इलामको चियाको प्रसंगलाई नाटकको मार्फत भन्दैछ ।

यता इलामको चुलाचुलीमा अवस्थित चुलाचुली रंगमञ्चले यस पटक झोडाको कथा सुनाउँदैछ । वरिष्ठ गायक, संगीतकार तथा साहित्यकार गणेश रसिकको उपन्यास ‘आकाश गंगाको ओतमुनी’ लाई सुमन लिङ्देनले नाट्य रुपान्तरण गरेका छन् भने निर्देशन चेतन आङ्थुपोले गरेका छन् ।

दमकस्थित किराँत भवनको सभाहलमा असोजको २६ गते देखि ३२ गते सम्म मञ्चन रहने नाटकले झोडा बस्तीको कथालाई नाटकमा प्रस्तुत गरेको छ ।

वि.स. २००० को आसपास नै पहाडीया समुदाय मधेस झर्न थालेको भएतापनि झोडा बस्ती र झोडाको व्यापक फडानी भने वि.स. को २०२१ पछि भएको देखिन्छ । लिम्बूहरूको राजनैतिक अधिकार र राजनैतिक सामित्वसंग गाँसिएको किपट उन्मुलनको आक्रोस मेटाउन पनि दरवारको प्रपञ्च थियो झोडा व्यवस्थापन। एकातिर राजनैतिक अधिकार सामित्वको किपट खोस्न ‘किपट उन्मुलन ऐन -२०२१’ ल्यायो भने लिम्बूहरुलाई थमथम्याउन र अझ राष्ट्रवादी बनाउन झोडा ब्यवस्थापनको निति ल्याएको देखिन्छ ।

उ बेला तराईका फाँट वनजंगलले ढाकेको थियो। वस्ती बसाउन सहज थिएन । बडेमानको रुखहरु काटन पाईन्न थियो। अन्न र कृषिको समस्या थियो। बनपालेले दुख दिन्थ्यो । राज्यले झोडा अधिकार भनेपनि राजनैतिक संयन्त्र संग मेल नखानाले झोडा आवाद गर्नेले दुख पाए। दिउँसै डाका लाग्ने, अझ चिठी काडेरै डाका डाल्ने काम हुन्थ्यो, पाकेको अन्नहरु खेतबाटै उठाईन्थे। वि.स. २०२८ सालमा झोडाबासीलाई हटाउने नाममा मोरङको रमाइलो गाउँमा सेनाले झोडावासीलाई गोलि समेत दागेका थिए। त्यसैले वि.स. को २०२६ देखि २०३३ सालसम्म झोडाको संक्रमणकालीन समयको रुपमा लिन सकिन्छ ।

तराका ठुलठुला रुखहरु काटेर भारतलाई बेचियो। जान्नेबुझ्ने कहन्छन्; पञ्च पक्षले ०३६ सालको जनमत संग्रहको खर्चको लागि धेरै रुखहरु पारि बेचे। झोडावासीको दशकभन्दा बडी समय अन्योलतामा बित्यो। झुप्रा बनाउन पनि बनपालेले दुख दिन्थ्यो। अन्तत; ०३४ सालमा झोडाबासीलाई धनिपुर्जा बितरण गरियो, जो बडो दुखलाग्दो देखिन्छ।

झोडा संघर्ष यति लामो र यति घातक हुन्छ भनेर सोचेकै थिएनन् भूपूहरुले । सुरुमा ४ बिघाको दरले पाहिन्छ भनेर त्यति नै चासभोग गरे । पछि डेड बिघामा खुम्च्याईयो । भूपू सैनिकको नाममा जग्गा बितरण भएन, एक बिघा दस कठ्ठा जग्गा सामित्वको लागि आदिवासी भूपू हरु सुकुम्बासी हुनुपर्यो । सुकुम्बासीको नाममा उनीहरुलाई जग्गा धनिपूर्जा बितरण गरियो ।

राजधानी भन्दा बाहिर रहेर काम गर्न चुनौती संगै रमाइलो रहेको रंगकर्मीहरु बताउछन । राजधानीमा समेत लगानी उठाउन नै हम्मेहम्मे पर्ने निर्माताहरु बताउछन । राजधानी बाहिर पनि नाटक हेर्ने बाताबरण बनाउन पुर्वका रंगकर्मीहरु निरन्तर लागि परेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार