इलामको रोङ गाउँपालिकाभित्र २२ होमस्टे : ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

इलाम : इलामको रोङ गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले २२ वटा घरलाई सामुदायिक होमस्टेमा रुपान्तरण गरेर सञ्चालन गरेको छ ।

विगत ५ वर्षदेखि ‘दशकेलो सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए । कालिदास नेपाल, अष्ट्रेलियन सरकारको फण्डिङबाट तालिम प्रवर्द्धनात्मक सहयोगमा सामुदायिक होमस्टे सञ्चालन गरिएको उनले जानकारी दिए ।

थोरै पैसामा प्रकृति सजाएर पर्यटन विकासको काम रोङ गाउँपालिकाले गरिरहेको पालिका अध्यक्ष स्याङ्बोले बताए । प्राकृतिक क्षेत्रसम्म पर्यटक पुग्नका लागि आवश्यक पूर्वाधार बढाउने काम गरेको उनले बताए ।  कृषि, पर्यापर्यटन, धार्मिक पर्या पर्यटनलाई बढी जोड दिइएको उनले जानकारी दिए ।

पालिकाले सानो पाथीभरादेखि मेचीसिद्धी दोभानसम्म १९ किलोमिटर लामो करसोङ पदमार्ग समेत सञ्चालनमा ल्याएको छ । पालिकामा रहेको सानो पाथीभरमा वार्षिक डेढ लाखदेखि दुईलाखसम्म पर्यटक आउने गरेको जानकारी दिँदै उनले भने, ‘सानो पाथिभरामा वार्षिक ५ लाख पर्यटक भित्र्याउने उदेश्यले पर्यटनको काम गरिरहेका छौँ ।’

यसका साथसाथै गाउँपालिकाले रोङको पहिचान गुन्द्रुक र सिस्नुलाई प्रचारप्रसार र बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार