रोङ गाउँपालिकाको परिचय (भिडियो सहित)

  नयाँ बुलन्द
301 Shares

इलाम : नेपालको संविधान-२०७२ ले नेपालको विविधता लाई समेटने मार्ग प्रशस्त गरेको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । त्यही विभिधतयुक्त मुलुकभित्र पर्ने रोङ गाउँपालिकामा साविकको जिर्मले, इरौटार, कोल्बुङ र शान्तिपुर गाविस मिलाएर बनाइएको गाउँपालका हो । यस गाँउपालिकाको क्षेत्रफल १५५.०६ वर्ग किलोमिटर र जनसंख्या १७ हजार ३ सय ६७ रहेको छ ।

यहाँ राई, लिम्बू, लाप्चा, भुजेल, गुरुङ, तामाङ, मगरलगायत आदिवासी जनजातिहरुको बाहुल्यता रहेको छ । उनीहर भाषा एवम् संस्कृतिमा धनी छन् । आफ्नै मातृभाषा, धर्म, संस्कार एवम् संस्कृतिहरु छन् । आफ्नो मौलिक एवम् परम्परागत जातीय नृत्यहरु छन् । राईको साकेला सिली, लिम्बूको केलाङ (च्याब्रुङ नाच), या:लाङ (धाननाच), गुरुङको सोरठी, तामाङको डम्फु, मगरकव कौरालगायत चाप्चा, भुजेलको समेत आआफ्नै परम्परागत मौलिक संस्कृतिहरु छन् ।

यस गाउँपालिकाको पूर्वमा भारत, पश्चिम र उत्तरमा सूर्योदय नगरपालिका र दक्षिणमा झापा जिल्ला गाउँपालिकाको सिमानाको रुपमा रहेका छन् । धार्मिक, पर्यटकिय एवं कृषिका लागी ईलाम जिल्लामा मात्र नभई नेपालभर यस गाँउपालिका प्रसिद्ध रहेको छ ।

भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार