माईजोगमाई गाउँपालिकाको परिचय (भिडियो सहित)

  नयाँ बुलन्द
238 Shares

 

इलाम : माईजोगमाई गाउँपालिका इलाम जिल्लाको सुदुरपूर्वी क्षेत्रमा रहेको गाउँपालिका हो ।

नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानीय तहको नयाँ सिमांकन गर्दा यो गाउँपालिका साबिकका ५ वटा गाविसहरुबाट रुपान्तर भई स्थापना भएको हो । यो गाउँपालिका जातिगत तथा साँस्कृतिक रुपमा विशिष्टता र विविधता बोकेको गाउँपालिका हो ।

इलामको पूर्वी भागमा मात्र बसोबास गर्ने न्यून संख्यामा रहेका लेप्चा र थामी जातिहरुको समेत यस गाउँपालिकामा बसोबास रहेको छ । ऐतिहासिक तथा पर्यटकीय महत्वको रुपमा रहेको समाजसेवी सन्त बालागुरु कर्मभूमि नयाँबजार, प्रसिद्ध धार्मिक आस्थाको केन्द्र नामसालिङमा रहेको माइबेनी धाम, नयाँबजारको बौद्ध गुम्बा, सिंहदेवी मन्दिर, गोर्खेको शिवालय आदि प्रमुख रहेको छ ।

प्याङको सूर्योदयको दृश्य देखिने टाकुरा, जोगमाईमा रहेको प्राकृतिक खर्क तथा सतही जलभन्डार, ऐतिहासिक व्यापारिक केन्द्र गोर्खे बजार, शिवधाम प्रसिद्ध माई, जोगमाई, मेची नदि तथा नामसालिङमा रहेको सातले झरना, काली ओडार, उत्तरे पोखरी साङछोलिङ गुम्बा, मेघ्मा गुम्बा पर्यटकीय स्थल जौबारी तारे भिरमा रहेको सिंहदेवी मन्दिर आदि यस गाउँपालिकाका ऐतिहासिक महत्वका स्थलहरु हुन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार माइजोगमाईको जनसंख्या १९ हजार १ सय ३१ र जनघनत्व १११ वर्गकिलोमिटर रहेको छ ।

भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार