इलाम : फाकफोकथुम गाउँपालिका इलाम जिल्लाको पश्चिम छेत्रमा रहेको महाभारत पर्वत शृंखला राँके रबि सडक अन्तर्गत दक्षिणतर्फको गाउँपालिका हो । नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानीय तहको नयाँ सीमाङ्कन गर्दा यो साविकका ५ वटा गाविसहरु फाकफोक, आम्चोक, फुयेतप्पा, लुम्दे, एकतप्पा र साविक चमैता गा.वि.स. को ९ नं. वडा मिलाएर स्थापना गरिएको हो ।
यस गाउँपालिका पूर्वमा देउमाई नगरपालिका, दक्षिणमा माङसेबुङ गाउँपालिका, उत्तर र पश्चिममा पाँचथर जिल्ला अन्तर्गतका दुईवटा गाउँपालिकाहरु फाल्गुनन्द र मिक्लाजुङ रहेका छन् ।
यहाको क्षेत्रफ़ल १०९ वर्गकिलोमिटर र जनघनत्व १८१ वर्गकिलोमिटर रहेको छ र नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार यहाको जनसंख्या १९ हजार ७ सय ६ रहेको छ ।
यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो, यहाँ मुख्य रुपमा लिम्बु जतिको बसोबास रहेको छ, साथ साथै अन्य जातजातिहरुको पनि बाक्लो बसोबास रहेको छ । यस क्षेत्रका मनिसहरु विभिन्न पेशा व्यवसायमा आवद्ध छन् । यो क्षेत्र जडिबुटी तथा कृषि उपज उत्पादन को लागि धेरै प्रख्यात छ ।