इलाम : इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ । जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ ।
६ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरङ जिल्ला उत्तरमा माङसेबुङ गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासँग सिमाना जोडिएको छ । पूर्वपश्चिम राजमार्गसँग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ । यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुङ्गासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ ।
दक्षिणको मैदानी भागमा उस्ण हावापानी र कृषियोग्य भूमि भएकोलेपहाडी क्षेत्रबाट बसाइ सराइ गरी एक मानिसहरुको बाहुल्यता रहेको क्षेत्र हो साबिकको चुलाचुली । ठुलो क्षेत्र वनजंगलले ढाकिएको भएकाले जिल्लाको काष्ठ उद्योगहरुको राम्रो सम्भावना यस क्षेत्रमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार २३ हजार १ सय ५७ जनसंख्या बसोबास गर्ने यस क्षेत्रको औसत जनघनत्व २१४ प्रति वर्गकिलोमिटर रहेको छ ।
तराई क्षेत्रसँग जोडिने भएकोले तराई मूलका मानिसहरुको पनि यस क्षेत्रमा उल्लेखनीय वसोवास पाइन्छ ।