नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा सूचना केन्द्र र पार्किङस्थल स्थापना

  नयाँ बुलन्द  209 पटक हेरिएको

इलाम : इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पशुपतिनगरमा पहिलो पटक पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थल स्थापना भएको छ ।

नेपाल भारत सीमा क्षेत्र रहेको पशुपतिनगरमा स्थापित पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थलको विहीबार नगरप्रुमख रणबहादुर राई र उपप्रमुख दुर्गाकुमार बरालले संयुक्त रुपमा उद्घाटन गरे ।

बाह्य तथा आन्तारिक रुपमा नेपालमा आउने पर्यटकलाई धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र, पर्यटकीय क्षेत्रलगायत यातयातको विषयमा जानकारी दिने उद्देश्यल सूचना केन्द्रको स्थापना गरिएको नगर प्रमुख राईले बताए ।

पशुपतिनगरमा ३ रोपनी ८ आना क्षेत्रफलमा एकैपटक ८० वटा सवारी पार्किङ गर्न सक्ने क्षमताको ट्याक्सी पार्किङ निर्माण भएको राईले जानकारी दिए । नगर प्रमुख राईले पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङको निर्माणले पर्यटन पर्यटन व्यवसायी, यातायत व्यवसायी, पर्यटकलाई सहज भएको भताए ।

पशुपतिनगर भएर बर्सेनि सयौँ नेपाली भारतका दार्जिलिङ, मिरिक, सिक्किमल, सिलिगुडीलगायत स्थानमा घुम्न जाने गर्दछन् । यहाँबाट त्यही संख्यामा बंगाली पर्यटक नेपाल आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार