रोङको पाटापुर गाउँलाई जलवायु अनुकुलित नमूना गाउँ घोषणा गर्ने तयारी

इलाम : इलामको रोङ गाउँपालिका ६ को पाटापुर गाउँलाई जलवायु अनुकुलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । त्यहाँ सोलार लिफ्टीङ प्रविधिको सिचाई आयोजना निर्माण गरिएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रमार्फत सोलार लिफ्टीङ प्रविधिको सिचाई आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम संचालन भएको हो ।

आयोजनाको संयुक्त रुपमा कोषका काउन्सिलर कोलिन र गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास) ले बुधबार उद्घाटन गरे ।

नामसालिङ सामुदायिक विकास केन्द्रका टिम लिडर हिराकाजी घलेका अनुसार गाउँमा रहेको सुख्खा जमिनमा सिचाई सुविधा उपलव्ध गराई यहाँ जलवायु अनुकुल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ ।

पाटापुरमा बाँदर हात्ती र बाघ जस्ता बन्यजन्तुले हानी नोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ । यस्तै यहाँका खेत बारीमा प्रयोग गर्न मीनी पावर टिलर, कुटानी पीसानी मील र च्यापकटर मेसिन वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार